सेनाका उपरथीको सरुवा : हेटौडामा पाठक,पोखरामा मधुकर पृतनापति बन्ने

सेनाका उपरथीको सरुवा : हेटौडामा पाठक,पोखरामा मधुकर पृतनापति बन्ने


काठमाण्डु -नेपाली सेनाका उपरथीहरुको सरुवा हुने भएको छ । सैनिक मुख्यालयले गरेको उपरथीहरुको सरुवा प्रस्ताव रक्षामन्त्रालय पुगेको छ । रक्षा स्रोतले दिएको जानकारीअनुसार सरुवा हुनेमा उपरथीहरु हरेन्द्र पाठक, मधुकर कार्की र प्रेम पुन रहेका छन् ।

सैनिक मुख्यालयले उपरथी पाठकलाई मध्य पृतना हेटौडा, कार्कीलाई पश्चिम पृतना पोखरा र पुनको मध्यपश्चिम पृतना बुटवलमा सरुवाको लागि प्रस्ताव गएको छ । अव बस्ने मन्त्रीपरिषदको बैठकले उनिहरुको सरुवा गर्ने रक्षा स्रोतले बतायो ।