विश्वासको मत पाउन नसकेपछि फ्रान्समा सरकार विघटन

विश्वासको मत पाउन नसकेपछि फ्रान्समा सरकार विघटन


काठमाण्डु-फ्रान्समा प्रधानमन्त्री मिशेल बार्नियरले विश्वासको मत पाउन नसकेपछि त्यहाँको सरकार विघटन भएको छ । हिजो संसदमा भएको मतदानमा प्रधानमन्त्री बार्नियर विश्वासको मत पाउन असफल भएका छन् ।

मतदान बिना नै बजेट पास गर्न खोजेपछि विपक्षी दलहरूले प्रधानमन्त्रीको विरुद्धमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए । सन् १९६२ पछि फ्रान्सेली सरकार अविश्वासको प्रस्तावका कारण पराजित भएको यो पहिलो पटक हो ।

गएको सोमवार उनीविरुद्ध दक्षिणपन्थी र वामपन्थी दलले मिलेर संसदमा अविश्वासको प्रस्ताव पेश गरेका थिए । बार्नियरको विश्वासको मत पाउन नसकेसँगै फ्रान्स नयाँ राजनीतिक सङ्कटमा पुगेको छ । त्यहाँको संसदमा कुनै पनि दलको बहुमत छैन ।