काठमाडौं– ४५ देशका पाहुुना सहभागी भएको एसिया प्यासिफिक सम्मेलनको आयोजनामा सरकारी रबैयाबारे सत्तारुढ नेपाल कम्युुनिस्ट पार्टीकै नेता भीम रावलले असहमति प्रकट गरेका छन्।
दक्षिण कोरियाली संस्था युनिभर्सल पिस फेडरेसन (यूपीएफ) को नेपाल च्याप्टरले आयोजना गरेको उक्त सम्मेलनमा भाग लिन आएका पाहुुनानलाई स्वागत गर्न उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल गएको तथा सुरक्षा निकायको दुरुपयोग हुनुका सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको (जुन फिर्ता भइसकेको छ) भन्दै ब्यापक आलोचना भइरहेका बेला रावलको यस्तो अभिव्यक्ति आएको हो।
रावलले ट्वीट गर्दै भनेका छन्, ‘ कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन । राष्ट्रीय हित र कुटनीतिक मर्यादा र परिणामको हेक्का राख्नु परयो । शान्तिको नाममा सम्मेलन गर्नेहरूले यत्रो पैसा कति कहाँबाट आयो जनतालाई भन्नु पर्छ । नभने सरकारले खोजेर भन्नु पर्छ।’
कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन । राष्ट्रीय हित र कुटनीतिक मर्यादा र परिणामको हेक्का राख्नु परयो । शान्तिको नाममा सम्मेलन गर्नेहरूले यत्रो पैसा कति कहाँबाट आयो जनतालाई भन्नु पर्छ । नभने सरकारले खोजेर भन्नु पर्छ ।
प्रतिक्रिया