प्रहरी हिरासतमा रवि लामिछानेको रक्तचाप उच्च

प्रहरी हिरासतमा रवि लामिछानेको रक्तचाप उच्च

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज – सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको स्वास्थ्य जाँचका क्रममा रक्तचाप उच्च देखिएको छ ।

प्रहरीले पर्साको वीरगञ्ज पुर्‍याएका सभापति लामिछानेको जिल्ला प्रहरी कार्यालय पर्सामा स्वास्थ्य परीक्षण गर्दा रक्तचाप उच्च देखिएको हो ।

वीरगञ्जको नारायणी अस्पतालका स्वस्थ्यकर्मीहरूले प्रहरी कार्यालयमै आएर चेकजाँच गर्दा सभापति लामिछानेको रक्तचाप उच्च देखिएको स्रोतले जनाएको छ ।

स्वास्थ्य जाँचपछि सभापति लामिछानेलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ ।

वीरगञ्जस्थित हाम्रो सानो पाइला सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा बयानका लागि सोमबार उनलाई पोखराबाट काठमाण्डु हुँदै पर्सा पुर्‍याइएको छ । उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा लगेर बयान लिने प्रहरीको तयारी छ ।