एनपीएल : लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य

एनपीएल : लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य


काठमाण्डु-एनपीएलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६७ रनको योगफल तयार पारेको हो ।

लुम्बिनीले कप्तान रोहित पौडेल र विदेशी खेलाडी शाद विन जफरको अर्धशतकमा १६७ रनको योगफल तयार गरेको हो ।

खराब सुरुवात गरे पनि पौडेल र जफरले उत्कृष्ट ब्याटिङ गर्दै खेललाई लयमा फर्काएका हुन् । पाचौँ विकेटका लागि कप्तान रोहित पौडेल र साद विन जफरले १ सय १४ रनको साझेदारी गर्दै लुम्बिनीको इनिङ्स सम्हालेका थिए । लुम्बिनी एक समय ७.५ ओभरमा ४–४९ को अवस्थामा रहेको थियो ।

५७ बल खेलेका रोहितले पाँच छक्का र ६ चौका मद्दतमा ८० रन बनाएर आउट हुँदा जफरले ३५ बलमा चार चौका र एक छक्कासहित ५२ रन बनाएर आउट भए । ओपनर अर्जन साउदले १५ र टोम मूरेसले १० रन थपे ।

चितवनका रिजन ढकालले तीन, कुशल मल्ल र रञ्जित कुमारले एक÷एक विकेट लिए ।

एनपीएलमा पाचौँ खेल खेलिरहेको लुम्बिनी पहिलो जितको खोजीमा छ । चितवन भने चौथो जित निकाल्दै प्लेअफ नजिक पुग्न चाहन्छ ।