सहकारी ठगीमा फरार जीबी राईको राहदानी रोक्का

सहकारी ठगीमा फरार जीबी राईको राहदानी रोक्का


काठमाण्डु – सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईको राहदानी रोक्का भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोध र जिल्ला सरकारी वकिलको कार्यालय कास्कीको पत्राचारका आधारमा राहदानी विभागले राईको पासपोर्ट रोक्का गरेको छ ।

राहदानी रोक्का गरेर उनलाई स्वदेश फर्काउन र अनुसन्धान अघि बढाउन सहज बनाउने अपेक्षा गरिएको छ ।

राहदानी ऐन २०७६ अनुसार भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, आतंकवाद, मानव बेचबिखन, लागूऔषध कारोबार लगायतका गम्भीर कसूरमा राहदानी रोक्का गर्न सकिने व्यवस्था छ ।

राईमाथि विभिन्न ५ सहकारीको बचत रकम अपचलन गरेको आरोप छ । उनले सञ्चालन गरेका स्वर्णलक्ष्मी, सूर्यदर्शन, सहारा चितवन, सानोपाइला, र सुप्रिम सहकारीमा बचतकर्ताको अर्बौं रुपैयाँ ठगिएको छ ।