काठमाण्डु-चलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहितका १० नेपाली फिल्मलाई एचडी गुणस्तरमा डिजिटाइज गर्ने भएको छ ।
मानवअधिकार फिल्म फेस्टिभल समापन समारोहमा अध्यक्ष दिनेश डीसीले रिलबाट एचडीमा आर्काइभ गर्ने तयारी थालिएको जानकारी दिए ।
डीसीले लिम्बु संस्कृतिबारेको फिल्मलाई डिजिटल अर्काइभको लागि अनुमति दिन निर्देशक नवीन सुब्बालाई आग्रह गरेको बताए । सुब्बाले पनि आग्रहलाई स्विकार गरेर अनुमति दिएका थिए ।
अध्यक्ष डीसीले ‘नुमाफुङ’सहितका १० फिल्मलाई एचडीमा रुपान्तरण गरेर डिजिटल अभिलेखको रुपमा राख्ने घोषणा गरे ।
प्रतिक्रिया