काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)को २४औं खेलमा पोखराले काठमान्डुलाई १३९ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटीङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनायो ।
पोखराका लागि रेमन्ड रिफरले सर्वाधिक ४१, दिनेश खरेलले ३८, दिलिपनाथले २७ रन, कप्तान कुशल भुर्तेलले ७ रन बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
काठमान्डुका लागि कप्तान करण केसी र रसिद खानले सर्वाधिक समान ३ र ३ र गेरहार्ड इरास्मसले एक विकेट हात पारे । दुबै टोली प्लेअफमा पुग्न कोशिस गरिरहेका छन् । अब दुई खेल बाँकी रहँदा दुवै खेल जित्ने टोली प्लेअफ पुग्ने सम्भावना बलियो छ। त्यसैले आजको प्रतिस्पर्धा यी दुई टोलीका लागि निर्णायक छ।
प्रतिक्रिया