चितवनको सानदार जित, पोखरा र विराटनगर प्रतियोगिताबाट बाहिरिए

चितवनको सानदार जित, पोखरा र विराटनगर प्रतियोगिताबाट बाहिरिए


काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)को २५औं खेलमा चितवन राइनोजले सानदार जित हात पारेको छ । चितवनले जनकपुर बोल्ट्सलाई ३२ रन हराउँदै जित निकालेको हो ।

टीयू क्रिकेट मैदानमा चितवनले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुरले १८ ओभरमा  अल आउट हुँदै १४८  रन मात्र बनाउन सक्यो ।

जनकपुरकालागि जेम्स निशमले सर्वाधिक ६५ रन जोडे भने आशिफ शेखले २३, शुभ कंसकार १५ र मोहम्मद मोहशिनले १३ रन बाहेक अरु व्याटरले दोहोरो रन जोड्न सकेनन् ।

चितवन ८ अंक सहित शिर्ष ४मा पुगेको छ । जनकपुरलाई पराजित गर्दै चितवनले प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । जनकपुरलाई हराएसँगै पोखरा र विराटनगर औपचारिक रुपमा प्रतियोगिताबाट बाहिरिएका छन् ।

यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनायो ।

चितवनका लागि कप्तान कुशल मल्ल र रवि बोपाराले शतकीय साझेदारी गरे । मल्ल र बोपाराले तेस्रो विकेटका लागि ११३ रनको साझेदारी गरे ।

मल्लले ७२ रन जोडे भने बोपारा ४४ रन जोडेर आउट भए । हसन एइसाखिलले २८, विपिन रावतले ३, सन्तोष कार्कीले १४ र सोहिल तानविरले ५ रन बनाए ।

जनकपुरकालागि ललित राजवंशीले २, हर्ष थाकर, मोहम्मद मोहसिन र जिमी निशमले समान एकएक विकेट लिए ।