प्रधानसेनापति सिग्देलद्वारा अन्तिम दलेल कवाज निरीक्षण तथा अवलोकन

प्रधानसेनापति सिग्देलद्वारा अन्तिम दलेल कवाज निरीक्षण तथा अवलोकन


काठमाण्डु – भारत भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले देहरादुनको इन्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाज निरीक्षण तथा अवलोक गरेका छन् ।

प्रधानसेनापति सिग्देलले शनिबार एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी भएका हुन् ।

समारोहमा उनले अधिकृत क्याडेटहरूद्वारा प्रदर्शन गरिएको अन्तिम दलेल कवाजको निरीक्षण तथा अवलोकन गरेका छन् । उनले नवनियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गर्नुका साथै उनीहरूसँग अन्तर्क्रिया समेत गरेका थिए ।

नेपाली सेनाले विक्रम संवत् २०१० सालदेखि एकेडेमीमा आफ्ना अधिकृत क्याडेटहरूलाई तालिममा सहभागी गराउँदै आइरहेको छ । हालसम्म एकेडेमीबाट २०० भन्दा बढी नेपाली सेनाका अधिकृत क्याडेटहरू दीक्षित भइसकेका छन् । १२ देशका अधिकृत क्याडेटहरू तालिमरत एकेडेमीमा हाल नेपाली सेनाबाट ६ जना अधिकृत क्याडेटहरू तालिमरत रहेका छन् ।