काठमाण्डु – काठमान्डु गुर्खाजले प्लेअफ पुग्ने झिनो सम्भावना बाँकी राखेको छ । विराटनगर किंगसमाथि १ विकेटको रोमाञचक जित हात पारेर प्लेअफ पुग्ने सम्भावना कायम राखेको हो ।
लिगको अन्तिम खेल जितेपछि काठमान्डुले ७ खेलबाट ८ अंक जोडेर पाँचौ स्थानमा छ ।
अब सोमबार कर्णाली याक्स सुदूरपश्चिमसँग फराकिलो अन्तरले पराजित भएमा काठमान्डु शीर्ष चारमा पर्ने सम्भावना हुनेछ ।
यसको नतिजा निक्लन काठमान्डुले अब लिगको अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ ।
प्लेअफ सम्भावना जीवितै राख्न जित्नैपर्ने खेल काठमान्डुले ११ बल बाँकी छँदै १ विकेटले जित निकाल्यो । टस जितेर काठमान्डुले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगरले सबै विकेट गुमाउँदै ११७ रन मात्र बनायो ।
विराटनगरका लागि लोकेश बमले ८, दीपक बोहराले २०, निकोलस किर्तनले १२, स्कट एडवार्डले १५, बसिर अहमदले १३, इस्मत आलमले ५, राजेश पुलामीले २५, क्रिस सोलले १ रन बनाए।
बलिङमा काठमान्डुका जेरार्ड इरासमसले ३, दीपेश कँडेलले २ र साहव आलम, करण केसी र डान डाउथवेटले समान १ विकेट लिए।
११८ रनको लक्ष्य काठमान्डुले १८.१ ओभरमा ९ विकेट गुमाउँदै पूरा ग¥यो ।
काठमान्डुका लागि स्टेफेन एस्किनाजीले १, माइकेल लेविटले १०, जेरार्ड इरासमसले १२, भीम सार्की १, प्रतीक श्रेष्ठ ३९, डान डाउथवेट १, रशिद खान १४, शंकर राना १६, साहव आलम २ र दीपेश कँडेलले ११ रन बनाए।
बलिङतर्फ विराटनगरका सन्दीप लामिछानेले ३ तथा बसिर अहमद र क्रिस सोलले समान २ विकेट झारे।
प्रतिक्रिया