काठमाण्डु– एनसेल फाउन्डेसनले प्रविधि क्षेत्रको प्रतिष्ठित आईसीटी अवार्डसँग सहकार्य गरेको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भइरहेको उत्कृष्ट कार्य र व्यक्तित्वको सम्मान गर्ने यो एक वार्षिक कार्यक्रम हो ।
योसँगै आईसीटी अवार्ड २०२४ मा एनसेल फाउन्डेसन सपोर्टेड बाई पार्टनरका रूपमा आबद्ध भएको छ । यो सहकार्यको उद्देश्य आईसीटीमा भएको विकासको प्रवद्र्धन, सूचना प्रविधि क्षेत्रमा महिलालाई प्रोत्साहन र डिजिटल डिभाइड कम गर्नका निम्ति हातेमालो गर्नु हो ।
नवौँ संस्करणको इन्ड्राइभ आईसीटी अवार्ड २०२४ सपोर्टेड बाई एनसेल फाउन्डेसनको ग्रान्ड फिनाले आउँदो पुस ५ गते हायात रिजेन्सी होटेल काठमाडौंमा आयोजना हुँदै छ । उक्त कार्यक्रममा डिजिटल विकासलाई बढावा दिँदै सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका र उल्लेखनीय योगदान पुर्याएका संस्था, स्टार्टअप र व्यक्तित्वलाई १४ विधामा आईसीटी अवार्ड प्रदान गरिनेछ ।
“हामी आफैँ पनि विगत लामो समयदेखि यो क्षेत्रमा काम गरेर डिजिटल डिभाइडको ग्यापलाई घटाउन काम गर्दै आइरहेको संस्था हो । डिजिटल रूपान्तरणका लागि आ–आफ्नो ठाउँबाट काम गरिरहेका सबै उत्कृष्ट संस्था, स्टार्टअप र व्यक्तित्वहरूको सम्मान गर्ने यो अवार्डमा सहकार्य गर्न पाएकोमा खुसी छौँ,” एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन् ।
सूचना प्रविधि क्षेत्रमा महिलाको सहभागिता बढाउन प्रोत्साहन गर्न एनसेलले विगत चार वर्षदेखि आईसीटी अवार्डमार्फत ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’ समेत प्रदान गर्दै आएको छ । यो वर्ष पनि एनसेल फाउन्डेसनले सूचना प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका महिलाको सम्मानमा आईसस्टी अवार्डसँग मिलेर तीन लाख रुपैयाँ नगदसहित उक्त सम्मान गर्नेछ ।
एनसेल फाउन्डेसनले विशेष गरी शिक्षा, समुदायस्तरमा प्रत्यक्ष प्रभाव पार्ने कार्य, डिजिटल डिभाइड कम गर्न र साइबर सुरक्षा, डिजिटल साक्षरता जगाउन विभिन्न कार्यलगायत पहल अगाडि बढाएको छ ।
प्रतिक्रिया