काठमाण्डु- शक्तिशाली चिडो चक्रवातका कारण हिन्द महासागरको मेयोट टापुमा ठुलो संख्यामा मानिस प्रभावित भएका छन् । यस क्षेत्रमा विगत १०० वर्षमा आएको सबैभन्दा शक्तिशाली आँधी भएको बताइएको छ ।
मायोट द्वीपमा २२५ किलोमिटरको गतीमा तुफान आएको थियो । यसलाई एक सय वर्षयताकै सबैभन्दा शक्तिशाली तुफान भनिएको छ ।
फ्रान्सको स्वामित्वमा रहेको भनिएको यो द्वीपमा ‘चिडो’ नामको चक्रवाती तुफानले क्षति पुर्याएको हो । अधिकारीहरूका अनुसार आँधीका कारण सयौँको मृत्यु भएको छ । राहत कार्यकर्ताहरू अझै पनि केही प्रभावित क्षेत्रमा पुग्न प्रयास गरिरहेका छन् ।
मेयोटको जनसंख्या ३ लाख २० हजार छ । अहिले हजारौँ मानिस खाना, पानी र आश्रयविना बसिरहेका छन् । यस टापुमा फ्रान्सको अधिकार छ ।
मायोट द्वीप फ्रान्सको राजधानी पेरिसबाट करिब ८ हजार किलोमिटर टाढा पर्दछ । फ्रान्सको गृह मन्त्रालयले त्यहाँ मृत्यु भएकाको संख्या दिन अहिल्यै नसकिने जनाएको छ ।
अधिकारीहरुले त्यहाँको भयावह अवस्था हेर्दा मृतकको संख्या १ हजारको संख्यामा हुन सक्ने आशंकासमेत गरेका छन् । घर, सडक, सरकारी कार्यालय र बिजुलीका पूर्वाधारहरुमा तुफानले क्षति पुर्याएको छ ।
अल जजिराका अनुसार मायोट द्वीपमा मुस्लिम समुदायको बसोबास छ । मुस्लिम समुदायमा २४ घण्टाभित्र शव गाड्ने संस्कार छ । तर त्यहाँको अवस्था हेर्दा मृतक पहिचान गर्नै केही दिनसम्म लाग्ने सम्भावना छ ।
प्रतिक्रिया