काठमाण्डु–नेपाल प्रिमियर लिग (एनपीएली)को २८औं खेलमा सुदूरपश्चिमले जित हात पारेको छ । कर्णालीलाई ६ विकेटले हराँउदै सुदूरपश्चिमले जित हात पारेको हो ।
टीयु क्रिकेट मैदानमा कर्णालीले दिएको १०२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २८ बल बाँकि रहदै ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
सुदूरकालागि दिपेन्द्र ऐरीले सर्वाधिक ३८ र इसान पाण्डेले ३२ रन जोडे । जित सँगै सुदूरपश्चिमले पहिलो क्वालिफायर खेल्ने छ ।
यो सँगै पहिलो संस्करणको एनपीएलका शीर्ष ४ टोलीको टुंगो लागेको छ भने बाँकी ४ टोली लिगबाट बाहिरिएका छन् । कर्णालीको हार सँगै जनकपुर सिधै क्वालिफायर्स खेल्ने छ भने काठमान्डु लिग चरणबाटै बाहिरिएको छ । ७ खेलमा ६ जितसँगै सुदूरपश्चिम लिगको अंकतालिकामा शीर्ष स्थानमा पुगेकाे छ ।
कर्णाली तेस्रो स्थानमा रहेर एलिमिनेटर खेल्नेछ। प्लेअफका लागि सुदूरपश्चिम र जनकपुर यसअघि नै छनोट भइसकेका छन्।
यसअघि स हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रन मात्र बनायो ।
कर्णालीका लागि जिशान मक्सुदले ३०, विलियम बोसिस्टोले १६, चाडविक वाल्टनले ११ र सोमपाल कामिले ११ रन बाहेक अरु ब्याटरले दोहोरो रन जोड्न सकेनन् ।
सुदूरपश्चिमकालागि हरमित सिंहले ३, स्कट कुग्गेलिजन र दिपेन्द्र ऐरीले समान २–२ र सैफ जैबले १ विकेट लिए ।
प्रतिक्रिया