शिवम् सिमेन्टले गर्‍यो बोनस सेयर दिने घोषणा, कति प्रतिशत ?

शिवम् सिमेन्टले गर्‍यो बोनस सेयर दिने घोषणा, कति प्रतिशत ?


काठमाण्डु– शिवम् सिमेन्ट लिमिटेडले सेयर धनीलाई बोनस सेयर दिने भएको छ ।

कम्पनीले ८.५५ प्रतिशत बोनस सेयर दिने भएको हो । कम्पनीको १३३ औं बैठकले साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ को वार्षिक साधारणसभा २९ पुसमा काठमाडौंमा हुने तय भएको छ ।

कम्पनीका अनुसार चुक्ता पूँजी ५ अर्ब करोड २ करोड ७० लाखको ८.५५ प्रतिशतका दरले हुन आउने ४२ करोड ९८ लाख ८ हजार ५ सय रुपैयाँ बराबर बोनस सेयर तथा चुक्ता पूँजीको ०.४५ प्रतिशतले हुन आउने २ करोड २६ लाख २१ हजार ५ सय रुपैयाँ कर प्रयोजनका लागि नगद लाभांश साधारणसभाबाट पारित भएपछि वितरण गरिने छ ।