काठमाण्डु– काठमाडौं जिल्ला अदालत परिसरबाट शोभा पाठकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो अदालत परिसरबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
राजकुमार त्रिपाठीको साइबर अपराधको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराध अधिकारीले जानकारी दिए।
उनीविरुद्ध राजकुमार त्रिपाठीले साइबर कसुरमा जाहेरी दिएका थिए ।
‘हनी ट्र्यापर’ को आरोप लागेकी धादिङकी पाठक यसअघि पनि पक्राउ परिसकेकी छिन् । उनको नाम एमाले नेता महेश बस्नेत सँग जोडिदै आएको छ । नेता बस्नेतले आफूविरुद्ध षड्यन्त्र गर्न खोजेपछि आफैंले प्रहरीसमक्ष गिरफ्तारी दिएको पाठकले बताएकी छिन् ।
बस्नेतसँग ठूलो धनराशी माग गरेर ब्ल्याकमेल गरेको आरोपमा उनीविरुद्ध आपराधिक लाभको मुद्दा चलेको थियो । बस्नेतविरुद्ध उनले दायर गरेको रिट अदालतले खारेज गरेको थियो ।
प्रतिक्रिया