काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस

काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस


काठमाण्डु – जल तथा माैसम पुर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

तराईका थोरै स्थानहरुमा हुस्सु,कुहिरो लागेको महाशाखाले जनाएको छ। मंगलबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ। राति पनि देशभरको मौसम सामान्यता सफा रहने  माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ। सोमबार पनि ४.८ डिग्री नै मापन भएको थियो।

शनिबार काठमाडौंको न्यूनतम तापक्रम ह्वात्तै घटेर २ डिग्री सेल्सिसय पुगेको थियो। देशका अन्य भूभाहरूमा पनि तापक्रम घटेको थियो।