काठमाण्डु– माउण्टेन इनर्जी नेपाल लिमिटेडले सेयरधनीहरुका लागि हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।
कम्पनीको १ पुसमा बसेको साधारणसभाले गत वर्षको नाफाबाट हुने बोनस वितरणपश्चात कायम हुने चुक्तापुँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी दुई अर्ब २६ करोड ३२ लाख रुपैयाँ छ । बोनस वितरण पश्चात कम्पनीको चुक्ता पुँजी दुई अर्ब ६० करोड २७ लाख १५ हजार कायम हुने कम्पनीले जनाएको छ ।
सो चुक्तापुँजीको १ः०.५० को अनुपातमा हुने गरी एक अर्ब ३० करोड १३ लाख ५७ हजार रुपैयाँको एक करोड ३० लाख १३ हजार ५ सय ७८ कित्ता हकप्रद शेयर जारी गर्ने निर्णय भएको कम्पनीले जनाइएको छ ।
प्रतिक्रिया