काठमाण्डु – महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा संसदीय राजनीतिमा आउने भएको छ ।
कपिलवस्तुमा मंगलबार बसेको नेकपा केन्द्रीय समितिको बैठकले संसदीय निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ । यसअघिसम्म नेकपाले चुनावलाई बुर्जुवा भन्दै निर्वाचन बहिष्कार गर्दै आएको थियो ।
नेकपाले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको रुचि राख्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण माओवादीसँगको एकतामा ढिलाइ भएको जनाएको छ ।
माओवादीसँग एकता सम्भव नभए विचार संश्लेषणका लागि ६ महिनाभित्र विशेष महाधिवेशन वा राष्ट्रिय सम्मेलन गर्ने निर्णय नेकपाले गरेको छ । एकताका लागि माओवादी अग्रसर नभए थप पहल नगर्ने भन्दै नेकपाले माओवादीको आगामी केन्द्रीय समितिको निर्णय गरेर पार्टी अघि बढ्ने जनाएको छ ।
बैठकले माघ ५ गतेदेखि १ महिने पूर्वदेखि पश्चिमसम्म जनपरिचालन अभियान चलाउने र पार्टीलाई उत्पादनमा लगाउने लगायतका निर्णय गरेको जनाइएको छ ।
प्रतिक्रिया