काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुन तोलामा ७०० रुपैयाँले घटेको हो ।
मंगलबार प्रतितोला एक लाख ५१ हजार ४०० रुपैयाँमा किनबेच भएको सुन आज प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसयी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया