काठमाण्डु– १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटाबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनकुटा नगरपालिका–३ स्याउले मोड डेरा गरी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–७ गैरीटोलका २१ वर्षीय लिला बहादुर विश्वकर्मा रहेका छन् ।
लिला बहादुरले ती बालिकालाई आफ्नै डेरा कोठामा लगि ललाई फकाई सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया