५ अंकले बजार घट्दा मात्र ४ अर्बको कारोबार

५ अंकले बजार घट्दा मात्र ४ अर्बको कारोबार


काठमाण्डु–बुधबार सेयर बजार ओरालो लागेको छ । नेप्से ५.६० अंकले घटेर परिसुचक २६२८ मा कायम भयो ।

आज ८१ लाख कित्ता सेयर किनबेच हुदा ४ अर्ब २७ करोडको कारोबार भयो ।

आज कारोबारमा आएका १४९ कम्पनीको सेयर बढेको छ भने ८१ कम्पनीको सेयर बढेको छ । यस्तै १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज कारोबारका आधारमा जानकी फाइनान्सले सर्वाधिक १५ अर्बको कारोबार गर्यो । यस्तै उपकार लघुवित्त वित्तिय संस्था र सुपर माइक्रो फाइनान्स कम्पनिको सेयर मूल्य १० प्रतिहशतले बढ्यो । यस्तै कुथेली बुखारी हाइड्रोको सेयर ९.९० प्रतिशतले घट्यो ।