राष्ट्रपतिद्वारा भारतमा शर्मा र मलेसियामा तिम्सिनालाई राजदूत नियुक्त

राष्ट्रपतिद्वारा भारतमा शर्मा र मलेसियामा तिम्सिनालाई राजदूत नियुक्त


काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि भारत र मलेसियाका राजदूत नियुक्त गरेका छन् । पौडेलले भारतका लागि डा. शंकर प्रसाद शर्मा र मलेसियाका लागि डा. नेत्रप्रसाद तिम्सिनालाई राजदूत नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनीहरूलाई राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेको जनाएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले उनीहरूलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।