काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जर्मनीको राजधानी बर्लिनबाट भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेकी छन् ।
परराष्ट्रमन्त्री देउवाले बेल्जियम, नेदरल्याण्ड्स र लक्जेम्बर्गको भ्रमणपश्चात जर्मनीको भ्रमण गरेकी हुन् । जर्मनीमा रहँदा उनले यौनिक र लैंगिक अल्पसंख्यकहरूको अधिकार सम्बन्धी सम्मेलन २०२४ मा सहभागिता जनाएकी छन् ।
कार्यक्रममा परराष्ट्रमन्त्री देउवाले लैंगिक अल्पसंख्यकहरूले विश्वभर सामना गर्नुपरेका हिंसा, उत्पीडन र प्रणालीगत असमानताका चुनौतीहरूबारे चर्चा गरेकी थिइन् ।
उनले नीतिमा आधारभूत रूपान्तरणको आवश्यकता औंल्याउँदै, नारीवादी परराष्ट्र नीतिले दीर्घकालीन परिवर्तन गर्न सक्ने सम्भावनाका विषयमा बताएकी छन् ।
प्रतिक्रिया