गगनबिनै शेखरले सुदूरपश्चिमबाट महाधिवेशनको अभियान सुरु गर्ने

गगनबिनै शेखरले सुदूरपश्चिमबाट महाधिवेशनको अभियान सुरु गर्ने


काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महामन्त्री गगन थापाबिनै शुक्रबारबाट १५ औँ महाधिवेशनको अभियान शुक्रबारबाट सुरु गर्ने भएका छन् । १४ औँ महाधिवेशनमा आफ्नो प्यानलबाट उम्मेदवार बन्दै महामन्त्री जितेका थापा पछिल्लो समय डा. शेखरसँग टाँढिएका छन् ।

उनी टाढिँएपछि अन्य आफूसँग निकट रहेका नेताहरूलाई लिएर कोइरालाले शुक्रबार सुदूरपश्चिम प्रदेशबाट महाधिवेशनको अभियान सुरु गर्न लागेका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिमको राजधानी धनगढीबाट अभियान थाल्न कोइराला शुक्रबार त्यसतर्फ प्रस्थान गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

कोइरालाले भोलि नै त्यहाँ पुगेर प्रदेशका नौ जिल्लाका नेता, कार्यकर्तासँग भेटघाट गर्नेछन् । प्रदेशका प्रत्येक जिल्लाका नेता कार्यकर्तासँग छुट्टाछुट्टै छलफल गरेपछि अभियानलाई जिल्ला तहमै सुरु गर्न कोइरालाले आह्वान गर्ने सचिवालयले जनाएको छ ।

शनिबार बिहान कोइरालाले भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिसँग भेटघाट गर्ने, शनिबार दिउँसो प्रजातान्त्रिक सेनानी संघको प्रथम प्रदेश अधिवेशनको उद्घाटन र सम्बोधन गर्ने तालिका तय भएको छ । त्यसपछि त्यसैदिन स्थानीय तहका जनप्रतिनिधिसँग पछि अन्तक्रिया गर्ने तयारी गरेका छन् ।

डा. कोइरालासँग हृदयराम थानी, डा. गोविन्दराज पोखरेलसहितका नेताहरू सुदूरपश्चिम जान लागेका छन् ।

शनिबार साँझ नै कोइराला काठमाडौं फर्कने कार्यतालिका छ ।