काठमाण्डु महानगरले भन्यो – सामुदायिक विद्यालयमा विद्यार्थीबाट कुनै शुल्क नलिनू

काठमाण्डु महानगरले भन्यो – सामुदायिक विद्यालयमा विद्यार्थीबाट कुनै शुल्क नलिनू


काठमाण्डु – नगर प्रमुख बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको काठमाण्डु महानगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीबाट कुनै पनि शीर्षकमा शुल्क नलिन निर्देशन दिएको छ ।

कतिपय सामुदायिक विद्यालयले विभिन्न शुल्क लिने गरेको पाइएपछि महानगरले कुनै पनि शीर्षकमा शुल्क नलिन निर्देशन दिएको हो ।

महानगरका प्रवक्ता नवीन मानन्धरले भने, ‘सामुदायिक विद्यालयमा सबै निःशुल्क गरेका छौं । विद्यालयमा लाग्ने खर्च महानगरले व्यहोर्छ ।’

अनुगमनका क्रममा विद्यालयहरूले किताब, पोशाक, खाजा, अतिरिक्त कक्षा लगायतका शीर्षकमा शुल्क लिने गरेको पाइएपछि महानगरले निर्देशन दिएको छ ।