काठमाण्डु – एनसेलका ग्राहकले अब अनलिमिटेड डेटा सापटी लिन सक्ने भएका छन् ।
सापटी सुविधालाई थप विस्तार गर्दै एनसेलले आफ्ना ग्राहकहरूलाई अब ब्यालेन्स नभएको बेलामा १ दिन समयसीमा रहेको अनलिमिटेड डेटा सापटी लिन सकिने सुविधा ल्याएको छ ।
सापटी सेवाअन्तर्गत आफ्नो मेन ब्यालेन्स ५ रुपैयाँभन्दा कम भएका प्रिपेड ग्राहकहरूले १ दिन अर्थात् २४ घण्टा समयसीमा भएको अनलिमिटेड डेटा सापटी लिन सक्छन् । कम्पनीले डेटा सुविधा पुस १ गतेबाट दिन थालेको छ ।
समयसीमा १ दिन रहेको अनलिमिटेड डेटाको शुल्क करसहित ५० रुपैयाँ रहेको छ । ग्राहकले डेटा सापटी लिएपछि २४ घण्टासम्म एनसेलको मोबाइल इन्टरनेट सेवाको भरपुर फाइदा उठाउन सक्ने जनाइएको छ ।
यो १ दिने अनलिमिटेड डेटा सापटी लिन ग्राहकले ८९९८८८४३ डायल गरी लिन सक्छन् । सापटीमार्फत लिएको डेटाको शुल्क ग्राहकले ब्यालेन्स रिचार्ज गरेपछि काटिनेछ ।
कर सहितको सेवा शुल्क २.४८ रुपैयाँ र १ दिने अनलिमिटेड डेटाको ५० रुपैयाँ गरी ब्यालेन्स रिचार्ज गर्दा कूल ५२.४८ रुपैयाँ काटिन्छ । सिम लिएर सेवा लिन थालेको कम्तीमा ३० दिन भएका ग्राहकहरूले यो डेटा सापटी लिन सक्ने एनसेलले जनाएको छ ।
अनलाइनबाटै हाल जारी नेपाल प्रिमियर लिगका खेलहरू हेर्न लगायत इन्टरनेट सेवाको फाइदा लिन यो सुविधा धेरै उपयोगी हुने विश्वास एनसेलले लिएको छ । एनसेलले यो अनलिमिटेड डेटाबाहेक ४० रुपैयाँ ब्यालेन्स सापटी, ३ दिने १ जीबी डेटा सापटी, ३ दिन समयसीमाको ९० मिनेट अल नेपाल टक टाइम सापटी सुविधामार्फत प्रदान गर्दै आएको जनाइएको छ ।
प्रतिक्रिया