काठमाण्डु- जिल्ला प्रहरी कार्यालय कास्की प्रहरीका प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियालाई प्रहरी प्रधान कार्यालय तानिएको छ ।
गृहमन्त्री रमेश लेखकको ठाडो निर्देशनपछि एसपी ओलियालाई प्रधान कार्यालयले काठमाडौं तानिएका हुन् ।
सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रास्वपामा सभापति रवि लामिछाने सुतिरहेको तस्विर बाहिर आएपछि गृहमन्त्री लेखकले प्रहरी प्रमुख वसन्त कुँवरलाई फोटो बाहिर ल्याउनेलाई कारबाही गर्न निर्देशन दिएका दिएका थिए ।
प्रहरी प्रमुख कुँवरले हिरासतमा सुतिरहेको तस्विर रविकै भएको पुष्टि गरेपछि मन्त्री लेखकले तस्विर बाहिर ल्याउनु गम्भीर सुरक्षा कमजोरी भएको निश्कर्षसहित कारबाहीको लागि सिफारिश गरेका थिए ।
यसअघि लामिछानेलाई बयानको लागि जिल्ला अदालत लगिने क्रममा पनि अदालत परिसरभित्रै मिडियाहरूसँग बोल्न दिएको र सो क्रममा रविले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बोलेकोमा गृहमन्त्री लेखक आक्रोशित थिए । त्यतिबेला पनि एसपी ओलियालाई कारबाही गर्न भनिएको थियो । अहिले पनि रवि हिरासतमा सुतेको तस्विर खिच्न दिएर बाहिर ल्याउन दिइएकोमा गृहमन्त्री लेखक बनेका छन् ।
प्रतिक्रिया