काठमाडौं : नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले अत्याधुनिक प्रविधिमार्फत कलेजो र पाचन प्रणालीमा हुने रोगको सफलतापूर्वक उपचार गरेको छ ।
अस्तपालका ग्यास्ट्रोएन्टेरोलाजिस्ट, कलेजो प्रत्यारोपण, पाचन प्रणाली रोग तथा इन्डोस्कोपी विशेषज्ञ डा. शेखर पौडेलको नेतृत्वको डाक्टरहरूको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गरी कलेजो र पाचन प्रणालीमा हुने रोगको सफलतापूर्वक उपचार गरेको हो ।
टोलीले आधुनिक सर्जिकल प्रविधिबाट बिरामीको नतिजा सुधार गर्न नवीनतम वैज्ञानिक प्रविधि प्रयोग गरेको हो । डा.पौडेलको टोलीले ‘ग्यास्ट्रिक भ्यारिसेस’का कारण पेटमा गम्भीर रक्तश्राव भएका दुई बिरामीहरूको उपचार गरेका हो । टोलीले ‘ईयुएस–गाइडेड क्याइल इम्बोलाइजेशन’को प्रयोग गरेको हो । यसको प्रयोगबाट पेट भित्रका घाउको सहि ढंगले उपचार गर्न मद्दत गर्छ ।
यो अत्याधुनिक प्रविधिले रक्तस्रावलाई रोक्छ भने बिरामीलाई सुरक्षित र छिटो सुधार सुनिश्चित गर्छ । ‘हामी विश्वस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सफल भएका छौं’, सफल उपचार पछि डा पौडेलले भने ।
नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले नेपालमा चिकित्सा सेवाको विकासमा अर्को कदम अगाडि बढाउँदै यसको प्रभावकारिताबारे जनचेतना जगाउने प्रक्रियामा सधै अग्रणी रहँदै आएको छ ।
नर्भिक अन्तर्राष्ट्रिय अस्पताल चिकित्सा सेवाको क्षेत्रमा आफूलाई अपडेट राख्दै स्वास्थ्य सेवा क्षेत्रमा डा.पौडेलले गरेको नवीन सफलतामा बधाई ज्ञापन व्यक्त गरेको छ ।
प्रतिक्रिया