एनपीएलमा तपाईंको समर्थन कुन टीमलाई ? एनसेल पीआरबीटी सेवाद्वारा रोज्ने मौका

एनपीएलमा तपाईंको समर्थन कुन टीमलाई ? एनसेल पीआरबीटी सेवाद्वारा रोज्ने मौका


काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल शनिबार हुँदैछ । एनपीएलले क्रिकेटप्रेमीहरूको उत्साहलाई चरम उत्कर्षमा पुर्‍याएको छ ।

उत्साहप्रद माहोललाई अझ रोमाञ्चक बनाउन एनसेलले आफ्ना ग्राहकहरूलाई आफूलाई मनपर्ने टीमलाई समर्थन गर्न कल टोन राख्न सकिने सुविधा ल्याएको छ ।

यससँगै ग्राहकहरूले एनपीएलका टीमहरूको थिम गीतलाई पर्सनलाइज्ड रिङ ब्याक टोन (पीआरबीटी) का रूपमा आफ्नो फोनमा सेट गर्न सक्छन् ।

बिहीबारसम्म ५० हजारभन्दा बढी एनसेल ग्राहकहरूले एनपीएलका विभिन्न टीमहरूको थिम गीतलाई आफ्नो पीआरबीटीका रूपमा राखिसकेका छन् । धेरै ग्राहकहरू आफ्नो टीमलाई समर्थन गर्न कल टोन सेट गरिरहेका छन् । ग्राहकहरूले ‘स्टार१२३स्टार६ह्यास’ डायल गरेर आफूले रोजेको पीआरबीटी राखेर क्रिकेटको माहोललाई थप उत्साहजनक बनाउन सकिने एनसेलले जनाएको छ ।

एनसेलले भनेको छ, ‘एनसेलको पीआरबीटी एक विशेष सेवा हो । यो सेवा अन्तर्गत ग्राहकहरूले नर्मल गीतहरूबाहेक अन्य ३ तरिकामा आफ्नो रुचि, मूड वा विशेष अवसरसँग मेल खाने गरी कल टोन सेट गर्न सक्छन् ।’

‘नेम ट्युन’ पीआरबीटी सेवामा ग्राहकहरूले आफ्नो नामलाई कलर टोनको रूपमा सेट गर्न पनि सक्छन् । ‘स्टाटस पीआरबीटी’ अन्तर्गत निश्चित समयका लागि आफ्नो गतिविधि अनुसारमा टोन राख्न सकिन्छ । जस्तैः कुनै ग्राहकले आफूले गाडी चलाइरहेको छ भने उसले फोन गर्नेहरूलाई आफूले गाडी चलाइरहेको जानकारी दिने टोन राख्न सक्छन् । यसबाहेक आफ्नै धुन पीआरबीटी सेवा अन्तर्गत ग्राहकले आफूलाई मनपर्ने गीत, धुन वा कुनै अडियो रेकर्ड गरी अपलोड गरेर टोनका रूपमा पनि राख्न सक्छन् ।

प्रत्येक पीआरबीटीको शुल्क करसहित मात्र ३१ पर्छ रुपैयाँ र यो ३० दिनसम्म सक्रिय रहन्छ । पीआरबीटी सेवामा सुशान्त केसी, यावेश थापा, भेकजस्ता औद्यी मन पराइएका कलाकारका गीतहरूदेखि लिएर अरु गीतहरू पनि हरेक संगीतप्रेमीको ईच्छा अनुसार छान्न सकिन्छ ।

एनसेलले आफ्नो पीआरबीटी सेवामा नयाँ र ट्रेन्डिङ गीतहरू नियमित रूपमा थप्ने गर्दछ, जसले यो सेवालाई विशेष बनाएको जनाइएको छ ।