बाजुरा केन्द्रबिन्दु भएर भूकम्प

बाजुरा केन्द्रबिन्दु भएर भूकम्प


काठमाडु-बाजुरा केन्द्रबिन्दु भएर शनिबार बिहानै भूकम्प गएको छ । बाजुराको पाण्डवगुफा गाउँपालिका केन्द्रबिन्दु भएर शनिबार बिहान सवा ४ बजे ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महसुस भएको छ । भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन ।