डाँका समूहद्वारा महोत्तरीमा गरे एक जनाको हत्या

डाँका समूहद्वारा महोत्तरीमा गरे एक जनाको हत्या


काठमाण्डु-डाँकाको समूहले महोत्तरीमा लुटपाट गरी एकजनाको हत्या गरेको छ । महोत्तरी, मनरा शिसवा नगरपालिका–४ साढाका ७० वर्षीय सुशील झाको उनहरूले हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले शनिवार बिहान ७/८ जनाको संख्यामा आएको डाका समूहले झाको घरमा लुटपाट गर्दैै हत्या गरेको बताए ।

उनीहरूले मङ्गलसूत्र, औंठी र नगद ८० हजार लुटेर लगेको डिएसपी जयसवारले बताए । हत्या गरिएका व्यक्ति पूर्वगाविस सचिव हुन् । घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।