रवि लामिछानेले सहकारीलाई बद्नाम गराए : मन्त्री श्रेष्ठ

रवि लामिछानेले सहकारीलाई बद्नाम गराए : मन्त्री श्रेष्ठ


काठमाण्डु – बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारीलाई बदनाम गराएको आरोप लगाएका छन् ।

अनामनगरस्थित देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६औं वार्षिक साधारण सभामा बोल्दै उनले लमिछाने लगायतले सहकारीको मूल्य मान्यताविपरीत कम्पनीमा ऋण लगेर सहकारीलाई बदनाम गराएको आरोप लगाए ।

मन्त्री श्रेष्ठले सहकारीको पैसा कम्पनीमा लान नमिल्नेमा रवि लामिछानेहरूले कानूनविपरीत सहकारीको पैसा कम्पनीमा लगेर अहिलेको अवस्था आएको बताए । सहकारीको पैसा शेयर सदस्यबीच मात्र प्रयोग गर्नुपर्नेमा सहकारीको मूल्य मान्यताविपरीत कम्पनीको नाममा ऋण लगानी गरिएको उनले बताए ।

सरकारसँगको सहकार्यमा वडामा सहकारीका माध्यमबाट महिला र युवालाई जोडेर उद्यमशिलताको विकास गरिने उनले बताए । मन्त्री श्रेष्ठले यस्तो अवस्थामा पनि देउराली सहकारीले नाफा कमाउनु र लाभांश दिनु ठूलो कुरा भएको बताए । सहकारी संस्थाको सुधार र समस्या समाधानका लागि बागमती प्रदेश सरकारले तत्काल कदम चाल्ने उनले बताए ।