लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ती शुद्धीकरणमा अदालत पुग्यो मुद्दा

लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ती शुद्धीकरणमा अदालत पुग्यो मुद्दा


काठमाण्डु – सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा पुगेको छ । लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ती शुद्धीकरणमा मुद्दा पुगेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले साढे चार सय पेज लामो आरोपत्र र त्यससँग सम्बन्धित प्रमाण अदालतमा पेस गरेको हो । जिल्ला अदालतले त्यसलाई रुजु गिररहेकाे जिल्ला अदालत कास्कीका निमित्त श्रेष्तेदार ख्याम नारायण पराजुलीले जानकारी दिए ।

जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले अदालत खुल्ने वित्तिकै अभियोग पत्र पेस गरिएको र अदालतले अध्ययन गरेर दर्ता गर्ने जानकारी दिइन् ।

सहकारी ठगीको आरोपमा २ कात्तिकमा काठमाण्डुबाट पक्राउ परेका लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले यही पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा रविसहित जीवी राई लगायतलाई करिब एक अर्ब विगो मागदावी गर्नुपर्ने राय छ ।

संसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री लामिछानेले प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ ।