काठमाण्डु – ब्यापारीलाई युवती प्रयोग गरेर बलात्कार मुद्दा फसाउने भन्दै रकम असुलेको आरोपमा फरार रहेकी प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाही आइतबार जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी छन्।
शाहीको अहिले न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा बयान भइरहेको र बयान सकिएपछि बहस हुने अदालतले जानकारी दिएको छ । बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने वा साधारण तारेख तथा धरौटीमा रिहा गर्ने इजलाशले निर्णय लिनेछ ।
आपरापधिक लाभ र संगठित अपराधको कसुरमा ललितपुर जिल्ला अदालतमा इन्सपेक्टर शाहीसहित ६ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भइसकेको छ । यही मुद्दामा न्यायाधीश टेकराज जोशीको इजलासले १३ मंसिरमा घटनाका मुख्य योजनाकार ताज इस्लामलाई थुनामा पठाउने आदेश दिइसकेको छ ।
घटनामा प्रतिवादी बनाइपसिछ फरार रहेकी प्रहरी प्रभाग भैंसेपाटीकी तत्कालीन इन्सपेक्टर शाही करिब एक महिनापछि अदालतमा उपस्थित भएकी हुन्।
प्रतिक्रिया