रविसँग २७ करोड ८९ लाख बिगो माग, पत्नी निकितालाई पनि बनाइयो प्रतिवादी

रविसँग २७ करोड ८९ लाख बिगो माग, पत्नी निकितालाई पनि बनाइयो प्रतिवादी


काठमाण्डु – पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा आज जिल्ला अदालत कास्कीमा दायर भएको मुद्दामा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

रविविरुद्ध तीन कसुरमा मुद्दा दायर भएको छ । सम्पत्ति सुद्धीकरण मुद्दामा उनीसँग ७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग दाबी गरिएको जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् ।

लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा पनि मुद्दा दायर भएको छ ।

त्यस्तै रवि पत्नी निकितालाई सम्पत्ति जफतको माग गर्दै मुद्दामा प्रतिवादी बनाइएको छ । निकितालाई मुख्य कसुरमा नभई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ।

सम्पत्ति जफतका लागि निकितासँगै पद्‌मा बन्जाडे, रोचक जोशी, राधा पछाई, मिना पछाईलाई प्रतिवादी बनाइएको छ।

लामिछानेले ठगी गरेको रकम निकिताको खातामा जम्मा गरेको अभियोग छ। त्यही अभियोगमा निकिताका नाममा भएको सम्पत्ति समेत जफत गर्न मुद्दामा माग गरिएको हो।