काठमाण्डु– साई स्वागत सहकारी ठगी प्रकरणमा पक्राउ परेका भरत जंगमलाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले जंगमसहित तत्कालीन कोषाध्यक्ष लुमन दाहाललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
उनीहरुलाई सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पक्राउ गरेको थियो । उनीहरूविरुद्ध सहकारी ठगी प्रकरणमा अनुसन्धान सुरु गरिएको छ ।
प्रतिक्रिया