ह्वावेनेपालको ’सिड्स फर द फ्युचर २०२४’ कार्यक्रम सम्पन्न

ह्वावेनेपालको ’सिड्स फर द फ्युचर २०२४’ कार्यक्रम सम्पन्न


काठमाण्डु-हुवावे नेपालले ‘हुवावे नेपाल प्रदर्शनी केन्द्र’ सञ्चालन गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदर्शनी केन्द्रको उदेघाटन गरेका छन् । प्रदर्शनी केन्द्रले सूचना तथा सञ्चार प्रविधिक्षेत्रमा पछिल्ला प्रवृत्ति र अभ्यासहरूलाई प्रदर्शित गर्ने एक महत्वपूर्ण केन्द्रको रूपमा काम गर्नेछ ।

सोही अवसरमा हुवावेको प्रमुख सामाजिक पहल ‘सीड्स फर द फ्युचर’ २०२४ को समापन कार्यक्रम पनि आयोजना गरियो । नेपाली युवाहरूलाई आइसीटी शिक्षा र नवप्रवर्तनमार्फत सशक्त बनाउनु रहेको हुवावेले जनाएको छ ।

नेपालको डिजिटल रूपान्तरणमा ह्वावे नेपालको योगदानको २५ वर्ष पूरा भएकोमा अवसरले पनि विशेष महत्व राखेको छ । बितेको २५ वर्षमा ह्वावेले प्राविधिक परिदृश्यलाई आकार दिन, दूरसञ्चार पूर्वाधारको उन्नतिदेखि आइसीटी समाधानहरूमा नवप्रवर्तन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

‘सीड्स फर द फ्युचर’ कार्यक्रममा जसमा सहभागी नेपाली विद्यार्थी टोलीले ‘पीपल्स च्वाइस अवार्ड’ जितेका छन् । यस परियोजनाले ग्रामीण नेपालका गर्भवती महिलाहरूको स्वास्थ्य अनुगमन गर्न पोर्टेबल अल्ट्रासाउन्ड मेशिनको स्थापना गर्ने प्रस्ताव गरेको छ । यस परियोजनाले आइसीटीमार्फत सामाजिक प्रभाव सिर्जना गर्नका लागि ती विद्यार्थिहरूलाई सम्मानित गरिएको हो ।

हुवावेले सन् २०१९ मा नेपालमा ‘सीड्स फर द फ्युचर’ कार्यक्रमको सुरवात गरेको थियो । यसले धेरै विद्यार्थीहरूलाई विश्वव्यापी अनुभव र नेतृत्व सीपहरू प्रदान गरेको छ भने नेपालको बढ्दो डिजिटल पारिस्थितिकी तन्त्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

‘सीड्स फर द फ्युचर’ कार्यक्रममा ३०० भन्दा बढी आवेदन प्राप्त भएका थिए, जसबाट ३० जना विद्यार्थी चयन भएका थिए । यस कार्यक्रममा प्राविधिक तालिम, कार्यशाला, मास्टरक्लास र सहकार्य परियोजनाहरू संयोजन गरिएका थिए ।

कार्यक्रमको समापनमा छ जना उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई चीनमा हुने एशिया–प्यासिफिक डिजिटल ट्यालेन्ट समिट २०२४ मा नेपालको प्रतिनिधित्व गर्न छनोट भएका थिए । जहाँ उनीहरूले बहुमूल्य अन्तर्राष्ट्रिय एक्सपोजर प्राप्त गरेका छन् ।