नेप्सेले ७५ प्रतिशत लाभांश वितरण गर्ने

नेप्सेले ७५ प्रतिशत लाभांश वितरण गर्ने


काठमाण्डु– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पुस २९ गते ४३औं वार्षिक साधारण सभा बोलाएको छ । पुस ६ गते बसेको नेप्सेको सञ्चालक समितिको बैठकले साधारण सभा बोलाउने तयारी गरेकाे हाे ।

सभा कम्पनीको कार्यालय शान्ति मार्ग, काठमाडौंमा बिहान ११ बजे  बस्ने छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू स्वीकृत गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

यस वर्ष ७५ प्रतिशत कर समेत नगद लाभांश वितरणको प्रस्ताव पनि नेप्सेले गरेको छ । हाल १ अर्ब चुक्ता पुँजी रहेको नेप्सेले ७५ करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्न लागेको हो ।