माओवादीले माग्यो लेखा समिति सभापति पोखरेलको राजीनामा

माओवादीले माग्यो लेखा समिति सभापति पोखरेलको राजीनामा


काठमाण्डु – नेकपा (माओवादी केन्द्र)ले लेखा समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ । सोमबार बसेको समितिको बैठकमा माओवादीले सभापति पोखरेललाई मार्ग प्रशस्त गर्न आग्रह गरेको हो ।

समिति बैठकमा बोल्दै माओवादी सांसद अमनलाल मोदीले लेखा समितिलाई सक्रिय र प्रभावकारी बनाउन सत्ता पक्षको नेतृत्व लेखा समितिमा हुन नहुने बताए ।

‘चेक एन्ड ब्यालेन्सको कुरा छ । लेखा समितिको सभापति प्रतिपक्षीको हुने अभ्यास छ,’ सांसद मोदीले समिति बैठकमा भने, ‘तपाईं आफैं सरकारको नेतृत्वकर्ता दलको हुनुहुन्छ । सरकारको छायाँ यो समितिमा परेको भनेर प्रश्न पनि उठिरहेको छ । यसकारण यहाँले मार्गप्रशस्त गरेको राम्रो हुन्छ ।’

सांसद् मोदीले लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षीलाई दिँदा राम्रो हुने बताए ।