काठमाण्डु– सोमबार सेयर बजारमा हरियाली छाएको छ । लगातार ओरालो यात्रामा रहेको नेप्से सोमबार २८.९१ अंकले बढेको हो ।
यसदिन परिसुचक २६१२ अंकमा पुगेर रोकियो । आज ८९ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४३ करोडको कारोबार भयो ।
कारोबारमा आएका १९४ कम्पनीको सेयर मूल्य बढ्दा ४ कम्पनीको घटेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
यसदिन कारोबारका आधारमा जानकी फाइनान्सले सर्वाधिक १८ करोडको कारोबार गर्यो भने जोशी र मोलुङ हाइड्रो अगाडि रहे ।
आज सर्पोट माइक्रो फाइनान्स र सुपर माइ हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढ्दा बाराहि, बलेफी हाइड्रो र नेपाल हाइड्रो डेब्लपर्सको सेयर क्रमस ९.९९, ९.९३, ९.८६ प्रतिशतले बढ्यो ।
यस्तै आज मानूषी लघुबित्तको सेयर १० प्रतिशतले घटेको छ ।
प्रतिक्रिया