रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई

रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई


काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ।

आज बसेको सचिवालय बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो ।

रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लागेपछि लामिछानेलेनै  कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिएका थिए ।

लामिछानेको सिफारिसलाई आज बसेको सचिवालय बैठकले पारित गरेको हो ।