काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पुर्वानुमान गरेकाे छ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू-भागमा आन्शिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
कोशी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ।
त्यस्तै आज राती प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ।
आज मधेश प्रदेशमा मुख्यतया सफा रहने सम्भावना रहेको छ। त्यस्तै बागमती प्रदेशमा आज दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ।
पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ भने तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ। त्यस्तै गण्डकी प्रदेशमा आज हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ।
पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ। त्यसैगरी लुम्बिनी प्रदेशमा आज पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ।
प्रतिक्रिया