अल्लु अर्जुन फेरि पुगे प्रहरी चौकी

अल्लु अर्जुन फेरि पुगे प्रहरी चौकी


काठमाण्डु– पुस्पा स्टारर अल्लु अर्जुन मंगलबार (आज) प्रहरी चौकी पुगेका छन्।

‘पुष्पा २’ को प्रिमियरका क्रममा सन्ध्या थिएटरमा भागदौड मच्चिदा महिलाको मृत्यु भएको घटनामा यसअघि पनि पक्राउ परेका अल्लु हैदराबादको चिक्कडपल्ली प्रहरी चौकीमा उपस्थित भएका हुन् ।

हैदराबाद प्रहरीले उनलाई सोधपुछका लागि बोलाएको हो।

जुन घटनामा अल्लु अर्जुनविरुद्ध पनि प्रहरीमा जाहेरी दर्ता भएको छ। केही दिनअघि उनी पक्राउ परे पनि तेलंगना उच्च अदालतले उनलाई एक हप्ताका लागि जमानतमा रिहा गरेको थियो।

अहिले अल्लु अर्जुनको घर बाहिर सुरक्षा बढाइएको छ। आइतबार उनको घरमा एक समूहले तोडफोड गरेको थियो। भागदैडमा थिचिएर रेवती नामकी ३५ वर्षीया महिलाको मृत्यु भएको थियो भने उनका छोरा १३ वर्षीय श्रीतेज गम्भीर घाइते भएका छन्। उनको उपचार जारी छ।