सुरक्षाकर्मीसँग मेल खाने पोशाक र चिह्न प्रयोग नगर्न गृह मन्त्रालयको निर्देशन

सुरक्षाकर्मीसँग मेल खाने पोशाक र चिह्न प्रयोग नगर्न गृह मन्त्रालयको निर्देशन


काठमाण्डु – गृह मन्त्रालयले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग मेल खाने पोशाक तथा दर्ज्यानी चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ ।

पछिल्लो समय विभिन्न संघसस्था, निजी सुरक्षा संघहरूले आफ्ना कर्मचारीका लागि सुरक्षाकर्मीले प्रयोग गर्ने पोशाक र दर्ज्यानी चिह्न प्रयोग गरेको पाइएको भन्दै गृहले प्रयोग नगर्न निर्देशन दिएको हो ।

कसैले प्रयोग गरेको पाइए कानूनी कारबाही गरिने गृह मन्त्रालयले चेतावनी दिएको छ । गृह मन्त्रालयले पत्र नै काटेर सबै जिल्ला प्रशासनलाई कार्य रोक्न निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालयलाई पठाइएको पत्रमा भनिएको छ, ‘सुरक्षाकर्मीले प्रयोग गर्ने पोशाक तथा दर्ज््यानी चिह्नहरू सम्बन्धमा द्विविधा वा भ्रम उत्पन्न हुन गई कतिपय अवस्थामा आपराधिक क्रियाकलाप तथा अप्रिय घटना हुने तथा शान्ति सुरक्षा कायम गर्ने कुरामा बाधा हुन सक्छ ।’