काठमाण्डु-दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ :२५ बजे दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु भई ४ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको हो ।
यसअघि गत शुक्रबार बाजुरामा पाँच दशमलव दुई म्याग्निच्यूड र मनाङमा गत बिहीबार चार दशमलव सात म्याग्निच्यूडको भूकम्प महसुस गरिएको थियो ।
यसैबीच यस वर्षको २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल कार्यक्रम कीर्तिपुर नगरपालिकामा हुने भएको छ ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले माघ २ गते मनाइने भूकम्प सुरक्षा दिवसको मूल कार्यक्रम
कीर्तिपुर नगरपालिकामा मनाउने निर्णय गरेको हो । बैठकले यस वर्षको मूल नारा ‘भूकम्पले सिकाएको पाठ : बलिया संरचना र सुदृढ पूर्वतयारीको साथ’ तय गरेको छ ।
प्रतिक्रिया