पर्साको पोखरियामा मालपोत र नापी कार्यालय स्थापना हुने

पर्साको पोखरियामा मालपोत र नापी कार्यालय स्थापना हुने


काठमाण्डु- संघीय सरकारले पर्साको पोखरिया नगरपालिकामा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रिपरिषद्बाट भएको निर्णयका विषयमा जानकारी गराउँदै भूमिसुधार तथा मालपोत र नापी कार्यालय स्थापनाबाट ग्रामीण भेगका सेवाग्राहीलाई अब सुविधा हुने बताएका छन् ।

‘स्थानीय जनालाई अपायक भएकाले सरकारले पोखरियामा मालपोत र नापी कार्यालय स्थापनाको निर्णय गरेको हो’मन्त्री यादवले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पनि सामाजिक सञ्जाल मार्फत दुई कार्यालय स्थापनाबारे भएको निर्णय सार्वजनिक गरेका छन् । ‘यो महत्वपूर्ण कदमले पोखरिया लगायत ग्रामीण भेगमा बसोबास गर्ने सम्पूर्ण गाउँवासीलाई सरकारी सेवामा सहज पहुँच पु¥याउन ठूलो सहयोग पुग्ने मेरो विश्वास छ’, उनले लेखेका छन् ।

मन्त्री यादवले पर्सामा जनसंख्याको चाप, सेवाको अवस्था एवं लागतलाई विश्लेषण गरेर सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन सरकारले यो निर्णय गरेको जनाएका छन् ।