भारतविरुद्ध चौथो टेष्ट खेल्न ट्राभिस हेड ‘फिट’

भारतविरुद्ध चौथो टेष्ट खेल्न ट्राभिस हेड ‘फिट’


काठमाण्डु- अस्ट्रेलियन ब्याट्सम्यान ट्राभिस हेड भारत विरुद्धको बोर्डर–गावस्कर ट्रफीको चौथो टेष्ट खेल्ने भएका छन् । बिहीवारबाट सुरु हुने चौथो टेष्ट खेलको फिटनेस उनले टेस्ट पास गरेका हुन् ।

हेडले ब्रिसबेन टेस्टका क्रममा आफू क्वाड स्ट्रेन (एक प्रकारको मांसपेशीको समस्या) बाट पीडित भएको बताएका थिए । त्यसयता उनले अर्को खेल नखेल्ने अनुमान गरिएको थियो ।

सिरिजको पहिलो खेलमा भारतीय क्रिकेट टोलीले जित हात पारे पनि दोस्रो खेलमा अष्ट्रेलियाले पुनरागमन गर्दै शृंखला १–१ को बराबरी गरेको थियो । ब्रिसबेनमा भएको तेस्रो टेष्ट खेल पनि बराबरीमा सकिएको छ ।