सुनसरी – करीब १०७ किलो गाँजासहित प्रहरीले सुनसरीमा २ जनालाई पक्राउ गरेको छ ।
हरिनगर गाउँपालिका–७ यादव टोलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करीब १०७ किलोग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा देवानगंज गाउँपालिका–२ बस्ने २० वर्षीय आलम अन्सारी र ४४ वर्षीय मन्जुल मिया रहेका छन् । ईलाका प्रहरी कार्यालय देवानगंज र प्रहरी चौकी घुस्कीहाटबाट खटिएको संयुक्त टोलीले देवानगञ्जबाट घुस्किहाटतर्फ जाँदै गरेको को१ह २२६१ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा ४ वटा बोरामा लुकाइछिपाई राखेको गाँजा फेला पारी अटो चालक आलम र सहचालक मन्जुललाई पक्राउ गरेको छ ।
गाँजा सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया