काठमाण्डु – नेपाल आयल निगमले पेट्रोलियम ढुवानी र ढुवानी गर्ने ट्यांकरका समस्या समाधान नगरेको भन्दै सम्बद्ध ३ वटा संस्थाले संयुक्त रूपमा आन्दोलन घोषणा गरेका छन् ।
अमलेखगञ्ज पेट्रोलियम ढुवानी व्यवसायी संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अमलेखगञ्ज र नेपाल पेट्रोलियम ट्यांकर चालक संघ अमलेखगञ्जले आईतबारदेखि संयुक्त रूपमा आन्दोलन गर्ने घोषणा गरेका छन् ।
डिपोबाट लोडिङ–अनलोडिङ ठप्प पार्नेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ ।
पेट्रोलियम ढुवानी व्यवसायी संघका महासचिव राम ठकुरीका अनुसार ३ वटै संस्थाहरूले निजी ढुवानी ट्यांक–ट्रक व्यवस्थापन गर्नुपर्ने, बरौनी–अमलेखगञ्ज रुटमा गुड्ने १०४ वटा ट्यांक ट्रक व्यवस्थापन गर्नुपर्ने, १ थान ट्यांक ट्रक धनी व्यवसायीलाई करार सम्झौता कायम गर्नुपर्ने र ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गर्नुपर्ने लगायतका माग राखेर ३ वटै संस्थाले संयुक्त आन्दोलन गर्न लागेका छन् ।
ठकुरीका अनुसार ३ वटै संस्थाले पटक–पटक नेपाल आयल निगममा ज्ञापन पत्र बुझाएको थियो तर हालसम्म समस्याप्रति निगमले चासो नदेखाएकाले आन्दोलनमा जान बाध्य हुनुपरेको ठकुरीले जानकारी दिए ।
प्रतिक्रिया